रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु

दियो पोस्ट  

रौतहट । रौताहतमा करेन्ट लागेर एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनुषा नगरपालिका–११ मा बस्ने ५० वर्षीय डम्बर बहादुर योन्जन रहेका छन् । ना.ख.६ २३७९ नम्बरको ट्रकमा लोड भएको तारले विद्युतको तार छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सर्लाही हररिओनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।