झापा । झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ मा बस्ने २१ वर्षीय बिनय मगर र अर्जुनधारा नगरपालिका–८ मा बस्ने २२ वर्षीय गोपाल चौधरी रहेका छन् । गत वर्षको असोज २० गतेका दिन जिल्ला अदालत झापाले लागूऔषध मुद्दामा दुबै जनालाई जनही ८ महिना कैद र १०/१० हजार जरिवाना ठहर गरी फैसला सुनाएको थियो । अदालतको फैसलालको केही समयमै उनीहरू जेलबाट फरार भएका थिए ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय
झापा पठाइएको छ ।