जबरजस्ती करणी आरोपमा वृद्ध पक्राउ

दियो पोस्ट  

ओखलढुङगा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाल पक्राउ परेका हुन् ।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।