
काठमाडौं । डीआईजीबाट एआईजीमा बढुवा भएका ४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच एआईजीहरु सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
बढुवा भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै आईजी कुँवरले निष्ठापूर्वक कर्म क्षेत्रमा खटिन निर्देशन दिएका छन्।
प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए। साथै सम्भावित अराजकता लगायतका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उनले प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिए।