सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ६ मा बस्ने २० वर्षीय कादिर मोमिन छन्।

प्रहरीका अनुसार कादिरले सामाजिक सञ्जालमा पीडित महिलाको वाल–टाइमलाइनमा अन्य महिलाको शरीरको तस्बिर जोडेर अश्लिल शब्द लेखी तस्बिर र भिडिओ पोस्ट गर्दै आएका थिए । साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामग्रीमा समेत अश्लिल क्याप्सन राखेर दुःख दिने गरेको प्रहरीले जनाएको छ।

सोही विषयमा कारबाहीको लागि साइबर ब्युरोमा निवेदन परेको थियो। अनुसन्धान गर्ने क्रममा कादिरलाई साइबर ब्युरो र जिप्रका झापाको सहयोगमा पक्रेको थियो।

आइतबार उनीमाथि थप अनुसन्धान गर्नको लागि चार दिन म्याद थपिएको प्रहरीले जनाएको छ।