पछिल्लो समय कोभिड संक्रमितको संख्या बढ्दै, १२४ जनामा संक्रमण पुष्टि

दियोपोस्ट संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

२५ सय ६६ जनाको नमुना परीक्षण गर्दा १२४ संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमित ४४४ जना रहेका छन् ।

मन्त्रालयले पछिल्ला दिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको जनाएको छ ।