काठमाडौं । सगरमाथा आरेहणका क्रममा तीन जना हिमपहिरोमा परी बेपत्ता भएका छन् ।
पर्यटन विभागकाअनुसार बुधबार बिहान हिमपहिरोमा डा. छिरी शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन्।
बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको विभागले जनाएको छ ।
उनकाअनुसार एसपिसिसी र इम्याजिन नेपालको संयुक्त टोली उद्धारका लागि मुभ भइसेकेको छ।
सगरमाथा बेस क्याम्प र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले बताएको छ।