काठमाडौं । कोभिड संक्रमणबाट थप एकको मृत्यु भएको छ । मंगलबार (हिजो) पनि संक्रमणबाट एक जनाको मृत्यु भएको थियो, जुन झन्डै तीन महिनापछिको मृत्यु हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२० पीसीआर र १ हजार ७५७ एन्टिजेन गरी कुल २ हजार ३७७ जनाको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण बढेसँगै अस्पतालमा बिरामी भर्ना हुन थालेका छन् । हाल आईसीयुमा ११ जना र भेन्टिलेटरमा ३ जना कोभिड संक्रमित उपचाररत छन् ।