झापामा १६ वर्षीया बालिका बलात्कृत

दियो पोस्ट  

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरी पक्राउ गरेको छ । आरोपमा महोत्तरी बर्दिवास नगरपालिका–५ का २९ वर्षीय कुल बहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ हो । कुल बहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।

यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शिबसताक्षी नगरपालिका–३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।