
काठमाडौं । अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय आरोहीलाई जीवितै उद्धार गरिएको छ । सोमबारदेखि बेपत्ता ३४ वर्षीय भारतीय आरोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।
उनको उद्दारपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठका अनुसार उनको उपचार चलिरहेको छ । मालुको अवस्था चिन्ताजनक रहेको उनले बताए ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूबारे चेतना जगाउन मालु ८ हजार मिटरभन्दा माथिका सबै १४ चुचुराहरू र सातवटा शिखरहरू आरोहण गर्ने अभियानका क्रममा नेपाल आएका थिए ।