अर्थमन्त्रीको सल्लाहकारमा तीन जना नियुक्त

दियो पोस्ट  

काठमाडौं । सरकारले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गरेको हो ।

अहिले बजेट निर्माणमा मुख्य भूमिका खेल्नेगरी सल्लाहकार समूह बनाइएको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर