बाँके । बाँकेको नेपालगन्जमा झण्डै ५ किलो सुनसहित २ जना पक्राउ परेका छन् । नेपालगन्जको न्यूरोड क्षेत्रबाट प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सोनी र ठाकुरले तयारी गरगहनासहित गहना बनाएर ल्याएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सुनको सिक्री, माला, वाला, चुरी, झुम्का मुन्द्री, ब्रासलेट हार औंठी बरामद गरेको छ ।