काठमाडौं । कैलालीमाअवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ जमारा टोल बस्ने ४० वर्षीया धना तिवारी पक्राउ परेका हुन् । उनलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित बिहीबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरीकार्यालय टीकापुरबाट खटिएको प्रहरीलको टोलीले उनलाई आफ्नै घरबाट उक्त पदार्थ बरामद गरि पक्राउ गरेको हो ।
यसैगरी धादिङको गल्छी गाउँपालिका–७ गल्छी बस्ने २२ वर्षीय राज कुमार तामाङ तीन किलो गाँजासहति पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीको टोलीले उनको घरमा तलासी गर्दा उक्त गाँजासहित उनलाई फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।