करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१५ बस्ने श्याम दासका छोरा १२ वर्षीय आशिषकुमार दास रहेका हुन् । आफ्नै घरमा खेल्ने क्रममा पंखामा रहेको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको स्थानीय पोली क्लिनिक हुँदै मोडेल अस्पताल लालबन्दीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१४ हवल्दारपुर बस्ने बर्दिया बढैयाताल गाउँपालिका–३ घर भएका ३२ वर्षीय खिम बहादुर रानाको करेन्ट लागेर मृत्यु भएको छ। धारामा पानी भर्ने क्रममा जडान भएको मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोहलपुरको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।