मोरङमा सहकारी लुटपाटः ३ जना जेल चलान, १ जना धरौटीमा रिहा

सेफ फुटाएर ७ लाख ७७ हजार रुपैयाँ चोरी

दियो पोस्ट  

मोरङ । मोरङको ग्रामथानमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थामा लुटपाट घटनामा संलग्न रहेका भनिएकामध्ये ३ जना जेल चलान भएका छन्। प्रहरीले पक्राउ गरेका १ जना आरोपी भने धरौटीमा रिहा भएका छन्।

गत चैत २ गते सहकारी संस्थाको कार्यालय रहेको भवनको ढोकाको ताला फोडी, सेफ फुटाएर ७ लाख ७७ हजार रुपैयाँ चोरी भएको थियो। उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो।

मोरङको ग्रामथान गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलीप कुमार चौधरी, सोही ठाउँका २९ वर्षीय इरज धामी, सर्लाहीको लालबन्दी–२ पुनरबास टोलका ३५ वर्षीय मिथुन पासवान र सर्लाहीको ईश्वरपुर नगरपालिका–५ नरेशखोर टोलका २६ वर्षीय मिथिलेश महत्तोलाई पक्राउ गरेको थियो।

मोरङ जिल्ला अदालतको बिहीबारको आदेशले ३ जना पुर्पक्षका लागि जेल चलान भएका हुन्। अदालतले दिलीप कुमार चौधरी, इरज धामी र मिथुन पासवानलाई जेल चलानको आदेश दिएको हो। मिथिलेश महत्तो भने २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

सिफारिस