काठमाडाैं । घोराहीमा ९ वर्षीया एक बालिकामाथि बलात्कार भएको छ। बलात्कार आरोपमा जिल्ला प्रहरी दाङले एक युवकलाई पक्राउ गरेको छ ।
घोराही नगरपालिका–१ बाहुनटाढीका २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई ललाई फकाई बाहुनटाढीस्थित खरबारीमा लगेर उनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
गत बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले ती युवकलाई शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।