रवि विरोधि दलको नाराबाजीपछि चितवनका दुईवटा केन्द्रमा मतदान स्थगित

दियोपोस्ट संवाददाता

काडमाडौं । चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ। भरतपुर महानगरपालिका वडा नं–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर मावि केन्द्रमा पनि मतदान रोकिएको हो।

भरतपुर महानगरपालिका वडा नं–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा डेढ घण्टादेखि रोकिएको मतदान कार्यक्रम अझै सुरु हुन सकेको छैन ।

कृष्णपुर माविमा पनि रवि लामिछानेले भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलका प्रतिनिधिहरुले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।