रवि लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहर

रवि समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको आरोप

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा चिनवन २ का उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहर भएको छ । मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकले रविले आचारसंहिता उल्लङ्घन भएको ठहर गरेको हो ।

लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेका थिए । मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध गरेका थिए । विरोधसँगै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान रोकिएको थियो । रोकिएको निर्वाचन पुनः सुरू भएको छ। सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो । यहाँ साँढे ३ घन्टा मतदान रोकिएको थियो ।

नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ । साथै आचारसंहिता मिचेकोमा माफी माग्ने निर्णयसमेत भएको छ । लामिछाने समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको आरोप पनि छ ।