उपनिर्वाचन प्रारम्भिक तथ्यांक : चितवन-२ मा मंसिरमा भन्दा कम मत खस्यो

दियो पोस्ट  

चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको हो ।

मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ । केही मतदान केन्द्रमा अहिले पनि मतदाता लाइनमा रहेकाले मतदान जारी छ । ५ बजेसम्ममा मतदान केन्द्रमा पुगेर लाइन बसेकाले मत हाल्न पाउँछन् । चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् ।

मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए ।