
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछनेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत भोट मागेको, आचारसंहिता विपरीत मतदान स्थलमा हुल गरेर असहज परिस्थिति सिर्जना गरेको जस्ता ५ वटा आरोप लगाउँदै रविविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवन २ मा उजुरी परेको हो ।
नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले आयोगमा उजुरी दिँदै आइतबार साँझ ४ बजे आयोगमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम रविलाई कारवाही गर्न माग गरेका छन् । उनले चितवनका प्रमुख जिल्ला अधिकारीलाई पनि कारवाही गर्न माग गरेका छन् ।
राप्रपाबाट उम्मेदवार रहेका रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको थियो। तर रास्वपाले माफी मागेपछि मतदान पुनस् सुरु भएको थियो ।
निर्वाचन आचारसंहिताले मतदान चलिरहेका समयमा कोही उम्मेदवारले पनि मतदातालाई प्रभावित पार्नेगरी सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने भनेको छ । तर निर्वाचन सुरु भएपछि आइतबार दिउँसो फेसबुमा लाइभ आएर रविले भोट मागेका थिए ।