तनहुँ । तनहुँ–१ मा भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये अहिलेसम्म १७ वडाको मत गनेर सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सुरूवातदेखि अग्रता कायम राखेका छन्। १७ वडाका २३ हजार मत गनेर सकिँदा रास्वाका वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई ४ हजार ८९० मतले पछि पारेका छन्।
वाग्लेले ११ हजार ६७७ मत ल्याएका छन् भने भट्टराईले ६ हजार ७८७ मत सहित वाग्लेलाई पछ्याईरहेका छन्। एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ८०२ मतसहित तेस्रो स्थानमा छन्।