
काठमाडौं । उपनिर्वाचनमा प्रकट भएको जनमतका कारण ठूला तीन दलका नेता शशंकित बनेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु निर्वाचनमा प्रकट भएका जनमतका कारण आतंकित बनेका हुन् ।
सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटारमा तीनै दलका शिर्ष नेता प्रमुख सचेतकसहित भेलाभएर छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ सहभागी थिए । त्यस्तै एमाले सचेतक पदम गिरी, कांग्रेस सचेतक रमेश लेखक, माओवादी केन्द्रका सचेतक हितराज पाण्डेसमेत सहभागी थिए ।