६० हजार मत गणना हुँदा चितवन-२ मा कसको मत कति ?

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने पक्कापक्की भएको छ । बिहान साढे ८ बजेसम्म ६०६७३ मत गणना हुँदा लामिछानेले ४३१०१ मत पाएका छन् । चितवन-२ मा आइतबारको उपनिर्वाचनमा ७८२७७ मत खसेको थियो ।

अहिलेसम्म लामिछानेले गणना भएको मतको ७१ प्रतिशतभन्दा बढी पाइरहेका छन् । लामिछानेले यसपालि गत मंसिर-४ को चुनावमा पाएको भन्दा धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने देखिएको छ । मंसिरको चुनावमा लामिछानेले ४९३०० मत पाएका थिए । उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए । उनीहरूबीचको मतान्तर ३४३१२ थियो ।

अहिले १८ हजार मत गणना हुन बाँकी छँदै लामिछानेले ३५ हजार बढीको मतान्तर बनाइसकेका छन्। प्राप्त पछिल्लो मत परिणाममा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ७९५२ मत पाएका छन् । श्रेष्ठभन्दा लामिछाने ३५१४८ मतले अघि गइसकेका छन् ।अहिलेसम्म गणनाभएका २ वडाबाहेक सबैमा लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका वडाहरूमा मतगणना सकिएको छ । इच्छाकामनाका ७ र भरतपुरका १० वडाको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४१ हजार ६९ भोट ल्याएका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७६९५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७३९९ भोट ल्याएका छन् ।

TATA ADD