एसएमएस फ्रेन्डसिप टी–२० कपमा नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

दियो पोस्ट डेस्क  

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ । मंगलबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो ।

नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट भएका थिए ।

अनिलकुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भएका थिए। कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट भएका थिए । ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए ।

भारतका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।