नेपाल एकिकृत नेत्रहिन विकास अपाङ्गता अधिकारमुखी राष्ट्रिय संधर्ष समितिले आज शान्तिपूर्ण प्रदर्शन

दियो पोस्ट डेस्क  

काठमाडौं । दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति माथि ज्यादती गर्न पाइँदैन भन्ने नारा लगाउँदै नेपाल एकिकृत नेत्रहिन विकास अपाङ्गता अधिकारमुखी राष्ट्रिय संधर्ष समितिले आज शान्तिपूर्ण प्रदशन गरेका छन् ।

दृष्टिविहिनले गीत गाएर जिविको पार्जन गर्दै आएकोमा महानगरले उनीहरुको माइक स्पिकरहरु जफत गर्दै आएकोमा आज विरोध प्रदशन गरेका हुन् ।

महानगरको मात्र शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको लागी मात्र नभइ सबै देशमा छरिएका शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको हित आवाज उठाउदै प्रदशन गरेको संघले जनाएको छ । उनीहरु शान्तिबाटिकामा जम्मा भइ विरोध र्‍यालि गर्दै भद्रकालिमा पुगेर कोण सभा गरेका छन् ।