सल्यानमा यात्रु बस दुर्घटना १४ जना घाइते

बस दुर्घटना

दियो पोस्ट डेस्क  

काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा यात्रु बस दुर्घटना भएको छ । बुधबार विहान ११ बजे दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस ठिनबाङ खोलामा दुर्घटना भएको हो ।

सल्यानको ठिनबाङ खोलाको पुलबाट रा १ ख २०८५ नम्बरको बस खसेको हो । बसमा रहेका मध्य १४ यात्रु घाइते भएका छन् । भने ४ यात्रुको अवस्था गम्भिर रहेको छ । भने घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तस्बीर :सल्यान दृष्टि