कम आय भएका देशमा नेस्लेको बदमासी : बालबालिकालाई खुवाउने उत्पादनमा चिनीको मात्रा बढि

दियो पोस्ट डेस्क  

काठमाडौं । संसारभर एकछत्र राज गरिरहेको स्विस कम्पनी नेस्लेले बदमासी गरेको पाईएको छ । कम आय भएका मुलुकमा बालबालिकालाई खुवाउने उत्पादनमा चिनीको मात्रा बढि राखेर बदमासी गरेको पाइएको हो ।

अमेरिका, स्वीजरल्याण्ड र अन्य युरोपेली मुलुकमा चिनीबिना आफ्नो उत्पादन बिक्रि गर्दै आएको नेस्लेले कम आय भएका मुलुकहरुमा भने बढि चिनी राखेर आफ्नो उत्पादन बिक्रि गरिरहेको एक संस्थाले दाबी गरेको छ ।

स्वीडेनलेको संस्थाले हालै गरेको नयाँ अनुसन्धानले सो पत्ता लगाएको हो । पब्लिक आइ एण्ड दी इन्टरनेसनल बेबी फुड एक्सन नेटवर्कले सार्बजनिक गरेको रिपोर्टमा बालबालिकालाई खुवाईने नेस्लेको उत्पादनमा चिनीको मात्रा कैयौ गुणा बढि पाइएको उल्लेख छ ।

उक्त संस्थाले सेरेल्याक र दुध पाउडरलगायत नेस्लेको १५० वटा उत्पादनमाथि अध्ययन गरेको थियो । जसमा एसिया, अफ्रिका र दक्षिण अमेरिकामा विक्रि वितरण हुने नेस्लेको उत्पादनहरुलाई बेल्जीयमको ल्यावमा जाँच गरिएको थियो ।

३ महिनासम्मका शिशुलाई सेवन गराइने सेरल्याकमा औसत ४ ग्राम चिनि राखिएको हुन्छ । तर विकसित मुलुकमा पठाइने सोहि उत्पादनमा भने औसतभन्दा बढि ७.३ ग्राम बढि चिनि राखिएको पाइएको छ ।

सेरल्याक र दुध पाउडर बालबालिकाले सेवन गर्ने उत्पादनहरु हुन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कम उमेरका बालबालिकालाई चिनी सेवन गराउन नहुने र चिनी सेवनबाट बालबालिकामा मोटोपनाको खतरा बढ्ने चेतावनी दिदै आएको छ ।

नेस्लेको दोहोरो व्यवहारप्रति सम्बन्धित निकायका व्यक्तिले ध्यानाकर्षण समेत गराएका छन् । यद्यपि, नेस्लेले गर्ने आफ्नो विज्ञापनमा भने बालबालिकालाई चिनिजन्य उत्पादन खुवाउन नहुने दाबी गर्दै आएको छ ।

एजेन्सी