भारतीय महिलासहित त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

दियो पोस्ट डेस्क  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।

शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।

भारतीय महिला सहिना प्रभिनले उक्त सुन प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर आफ्नो साथमा राखेकी प्रहरीले जनाएको छ ।