रूसी सेनामा नेपालीहरुको परिवारले आज बालुवाटारस्थित रसियन राजदूताबास परिसरमा धर्ना (तस्बिरहरु)

दियो पोस्ट डेस्क  

काठामाडौं । रुसी सेनामा नेपालीहरुको परिवारले आज बालुवाटार स्थित रसियन राजदूताबास परिसरमा धर्ना बसेका छन् ।

आमरण अनसनको चौथो दिन रूसी सेनामा रहेका नेपालीहरुको परिवारले रसियन राजदुतावास अगाडि धर्ना कार्यक्रम आयोजना गरेको हुन् । धर्नाकाे बारेमा सो अभियानका प्रमुख कृतु भण्डारीले जानकारी दिइन् ।

रुसी सेनामा कार्यरत नेपालीको तथ्याङ्क सार्वजनिक गर, घाइतेको उपचार र क्षतिपूर्तिको व्यवस्था गर, नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यावस्था गर, युक्रेन रहेका ५ जना युद्धबन्दीको सकुशल उद्धार गर जस्ता माग राख्दै बीच सडकमा सामूहिक अनसन बसेका छन् ।