चम्पादेवी गाउँपालिका ओखलढुङगाका अध्यक्ष केसी समन्वय परिषदमा मनोनित

दियो पोस्ट डेस्क  

काठमाडौं । कोशी प्रदेश मन्त्रीपरिषदले चम्पादेवी गाउँपालिका ओखलढुङगाका अध्यक्ष नवराज केसीलाई प्रदेश समन्वय परिषदमा मनोनयन गरेको छ ।

सघं, प्रदेश तथा स्थानीय तह समन्वय अन्तरसम्वध ऐन २०७७ को दफा २४ को उपदफा १ (ड) वमोजिम परिषदको सदस्यमा मनोनित गरेको हो । ओखलढुङगाका विकास प्रेमी केसी समृद्ध चम्पादेवी गाउँपालिका निर्माणमा लागेका अध्यक्ष हुन् ।

नेपाली काग्रेस जिल्ला कार्यसमिति ओखलढुङगाका उपसभापति समेत रहेका केसी कोशी प्रेदेशभर रहेका १३७ स्थानीय तहका सरकार प्रमुख मध्ये चर्चित छन् । चम्पादेवी गाउँपालिकामा दोस्रो कार्यकाल निर्वाचित भएका केसीको कार्यकालमा पालिकाको भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, खानेपानीमा विशेष लगानी रहेको छ । नेपाली काग्रेस जिल्ला कार्यसमिति उपसभापति रहेका केसी भावी सभापतिका निर्विकल्प उमेद्धवार हुन् ।