सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष अधिकारी प्रदेश समन्वय समितिमा मनाेनित

दियोपोस्ट संवाददाता  

काठमाडौं । सुनकोशी गाउँपालिका ओखलढुंगाकि उपाध्यक्ष सुनिता अधिकारी कोशी प्रदेश समन्वय समितिमा मनोनयन भएकी छिन् ।

उनलाई प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेश तथा स्थानीय सहयोग पिएलजीएसपी को कार्यक्रम दस्तावेज (प्रोग्राम डकोमेन्ट) बमोजिम प्रदेश तहमा कार्यक्रमको समग्र ब्यबस्थापन गर्न मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा गठित प्रादेशिक समन्वय समितिको सदस्यमा मनोनित गरेको हो ।

अधिकारी हाल सुनकोशी गाउँपालिका उपाध्यक्ष तथा नेपाली काङ्ग्रेस ओखलढुंगाको महाधिवेशन प्रतिनिधि छिन् । आगामी स्थानीय तहको निर्बाचनमा अध्यक्षको दाबेदारको रुपमा उनलाई हेरिएको छ ।