सनराइजर्सविरुद्ध बैंग्लोरको जीत

दियोपोस्ट संवाददाता  

इण्डियन प्रिमियर लिग आइपीएलमा बलियो टोली सनराइजर्स हैदरवादलाई रोयल च्यालेन्जर्स बैग्लोरले पराजित गरेको छ । गएराति भएको खेलमा बैंग्लोरले हैदरवादलाई ३५ रनले पराजित गरेको हो ।

२०७ रनको लक्ष्य पछ्याए पनि शीर्ष क्रमका ब्याटर चल्न नसक्दा लीगमा हैदरावादले १७१ रन मात्रै बनाउन सक्यो ।

हैदरावादले तीन खेलमा पराजय बेहोर्दा बैग्लोरले भने दोस्रो जीत निकाल्न सफल भएको छ ।

हारेर पनि ८ खेलपछि हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ । बैग्लोर ९ खेलपछि ४ अंकसहित पुछारमा छ ।