इलाम–२ मा कांग्रेस, बझाङ–१(१) मा एमालेको अग्रता

उपनिर्वाचन–२०८१

दियोपोस्ट संवाददाता  

बझाङ–१(१) मा एमालेको अग्रता देखिएको छ भने इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको हो ।

इलाम–२ मा कांग्रेसका डम्बरबहादुर खड्का ११४५ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले २०९ मत पाएका छन् ।

बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता देखिएको छ । एमालेका दमन भण्डारीले ७५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले ३८० मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २२६ मत ल्याएका छन् । त्यसैगरि नेकपा माओवादी केन्द्रका जनक बुढाले ११५ मत पाएका छन् ।