इलाममा एमालेका सुहाङ भारी मतान्तरले अगाडि, घण्टीको बिजोग

दियोपोस्ट संवाददाता  

इलाम २ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कामाथि निरन्तर अग्रता बनाएका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार नेम्वाङले खड्काविरुद्ध २२८२ मतान्तरको अग्रता बनाएका हुन् ।

४२ मध्ये १० वटा वडाको मत गणना भइसक्दा नेम्वाङले दुई हजार माथिको अग्रता हासिल गर्न सफल भएका हुन् ।

नेम्वाङले ७६७७ मत ल्याएका छन् । कांग्रेसका कांग्रेसका डम्बर खड्काले ५३९५ आएको छ ।

स्वतन्त्रका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले निरन्तर तेस्रो स्थानमा प्राप्त गर्दा घण्टीलाई निरन्तर पछाडि छोडेका छन् । थेगिमले ४०५८ मत र रास्पाका मिलन लिम्बूले एक हजार मत ल्याएका हुन् ।

६९२८७ मत मध्ये १६,१४३ मत गणना भएको हो । अहिलेसम्म फाकफोकथुमका ७ वटा सबै र चुलाचुली नगरपालिकाको ३ वटा वडाकोे मतगणना सकिएको हो ।