इलाममा रास्वपालाई झड्का : मिलनको जमानत जफत, सुहाङ विजयी !

- दियोपोस्ट  

काठमाडौं । निकै ठूलो तामझामसहित प्रचार प्रसारमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ईलामको उपनिर्वाचनले ठूलो झड्का दिएको छ । प्रतिनिधि सभा सदस्यका लागि ईलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुको जमानत समेत जफत भएकोे छ ।

नेपाली कांग्रसका उम्मदेवार डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले हराउँदै सुहाङ विजयी भएका हुन् । सुहाङ २७ हजार ७ सय ७२ मत सहित विजयी भएका छन् । माओवादी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मतसहित तेस्रोत भएका छन् । लिम्बुले कुल सदर मतको १० प्रतिशत भन्दा कम मत पाएकाले जमानत समेत जफत भएको हो ।
एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङको गत भदौमा निधन भएपछि सो क्षेत्रमा उप निर्वाचन भएको हो ।

सिफारिस