रास्वपाका डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता

दियोपोस्ट संवाददाता

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी)अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। अर्यालले शुक्रबार संसद सचिवालयमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।

उनको उम्मेदवारीमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक रहेका छन् भने समर्थकका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।

यसअघि रास्वपाको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उक्त प्रस्ताव पार्टी सभापति लामिछानेले पेश गरेका थिए।

हाल प्रतिनिधिसभामा रास्वपाको झण्डै दुईतिहाइ बहुमत रहेको अवस्थामा अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना उच्च रहेको छ।