कास्कीको मिजुरेडाँडामा ३.५ रेक्टर स्केलको भूकम्प

दियोपोस्ट संवाददाता

काठमाडौँ । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ८ः३४ बजे ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।

यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।