ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी पक्षबाट लिखित जवाफ प्राप्त भइसकेकाले आजका लागि रिट पेसी तोकिएको हो।

सरकारले जेन-जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।

उक्त पक्राउ गैरकानूनी रहेको दाबी गर्दै दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। त्यसपछि अदालतले चैत १६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

सोही आदेशअनुसार सरकार पक्षले लिखित जवाफ पेश गरिसकेको र मुद्दाका आवश्यक प्रक्रिया पूरा भइसकेकाले आज सुनुवाइ हुन लागेको हो।

आयोगले जेन-जी आन्दोलनका क्रममा भएको दमनमा संलग्नताको आरोपमा ओली र लेखकविरुद्ध कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सर्वोच्च अदालतको सुनुवाइबाट उनीहरूको थुनाको वैधता सम्बन्धी निर्णय हुने छ। यदि रिट जारी भएमा उनीहरूलाई तत्काल थुनामुक्त गर्न आदेश हुन सक्छ भने, अन्यथा हिरासतमै राखिनेछ। केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको बताइएको छ ।

 

सिफारिस