पेट्रोलियम संकट सहज बनाउन सरकारद्वारा शनिबार-आइतबार सार्वजनिक बिदा घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सरकारले पेट्रोलियम आपूर्तिमा सहजता ल्याउने उद्देश्यले हप्ताको शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज सम्पन्न मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता स्मित पोखरेलका अनुसार, उक्त व्यवस्था चैत २३ गतेदेखि लागू हुनेछ। यस अन्तर्गत सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थाहरू शनिबार र आइतबार बन्द रहनेछन्।

यद्यपि, शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको दैनिक कार्यसमय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिनेछ।

 

सिफारिस