
काठमाडौँ । राष्ट्रिय सभामा नेकपाले आफ्नो संसदीय दलको नेताको रूपमा झक्कु प्रसाद सुवेदीलाई चयन गरेको छ। पार्टीले सुवेदीलाई औपचारिक रूपमा उक्त जिम्मेवारी प्रदान गरेको हो।
नवनिर्वाचित दलका नेता सुवेदीका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै उनलाई नियुक्तिसम्बन्धी पत्र हस्तान्तरण गरेका छन्। राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलका रूपमा रहेको छ।
यसैबीच, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत नारायणप्रसाद दाहाल हाल राष्ट्रिय सभाका अध्यक्षका रूपमा कार्यरत छन्।