लायन्स डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न, नयाँ नेतृत्व चयन

दियोपोस्ट संवाददाता

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन भव्य रुपमा सम्पन्न भएको छ। पोखरा इभेन्ट सेन्टरमा आयोजित उक्त कार्यक्रमबाट आगामी लायन वर्ष २०२६-२७ का लागि नयाँ नेतृत्व चयन गरिएको छ।

कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बास्तोला, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी इन्टरनेसनल डाइरेक्टर लायन पंकज मेहता र विशेष अतिथि पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गरे। साथै उनीहरूले सदस्यता विस्तारमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णको व्यवस्थापनमा सम्पन्न कन्भेन्सनलाई ऐतिहासिक र स्मरणीय बनाइएको कार्यक्रमका अध्यक्ष तथा वर्तमान डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले जानकारी दिए।

नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर प्रजापती बास्तोलाले क्याबिनेट सचिवमा लायन जीवन गोर्खाली र क्याबिनेट कोषाध्यक्षमा लायन पुरुषोत्तम प्रसाद पराजुलीलाई मनोनयन गरेका छन्। त्यस्तै, चिफ एडभाइजरमा लायन राजु श्रेष्ठ र चिफ गभर्नर एडका रूपमा लायन रामराजा थापालाई जिम्मेवारी दिइएको छ। उनले आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

कन्भेन्सनमा मल्टिपल काउन्सिल चियरपर्सन तथा आईपीडीजी लायन मिलन थापा, मल्टिपल फस्ट पर्सन तथा पिडिजी लायन ध्रुवबहादुर थापा, मल्टिपल कोअर्डिनेटर तथा पिडिजी लायन योगेन्द्र प्रधान, मल्टिपल डिष्ट्रिक्ट चियरपर्सन तथा पिडिजी लायन हरि प्रसाद मरहट्टा, पाष्ट मल्टिपल काउन्सिल चियरपर्सन लायन प्रेम बहादुर श्रेष्ठ, पिडिजी लायन ध्रुव श्रेष्ठलगायत विभिन्न डिष्ट्रिक्टका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एक हजारभन्दा बढी लायन्स तथा लियो सदस्यहरूको सहभागिता थियो।

क्याबिनेट सेक्रेटरी लायन पुरुषोत्तम बस्नेतले सञ्चालन गरेको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरूलाई सम्मान गरिएको थियो। कन्भेनर लायन सूर्य प्रसाद बरालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे।

यसैबीच, सोही दिन सम्पन्न लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी वर्षका लागि लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा लियो आशिष थापा र भाइस डिष्ट्रिक्ट प्रेसिडेन्टमा लियो माधव तिमल्सिना निर्वाचित भएका छन्। साथै, इलेक्ट प्रेसिडेन्ट थापाले लियो सहनसिल बराललाई सचिव र लियो बिनिता बोगटीलाई कोषाध्यक्षमा मनोनयन गरेका छन्।