काठमाडौं । नेपालकै लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्ट्रिम इनर्जी ड्रिङ्सले आफ्ना उपभोक्तालाई लक्षित गर्दै ‘वाटरले पुग्दैन है, एक्स्ट्रिम नै चाहिन्छ’ नामक नयाँ टिकटक क्याम्पेन सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको क्याम्पेनअन्तर्गत विशेष गीतमा टिकटक भिडियो बनाएर पोस्ट गर्ने सहभागीहरूमध्येबाट प्रत्येक दिन एक जना विजेता छनोट गरिनेछ। दैनिक विजेताहरूलाई कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्री-म्याच कार्यक्रममा प्रस्तुत गरिने जनाइएको छ।
यसरी छनोट भएका सहभागीहरूमध्ये प्रत्येक हप्ता एक जना भाग्यशाली विजेताले भारतमा भइरहेको आईपिएल क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। विजेताले ४ दिनको भ्रमण प्याकेजसहित निःशुल्क रूपमा खेल अवलोकन गर्न सक्नेछन्।
क्याम्पेनमा सहभागी हुन इच्छुक उपभोक्ताहरूले एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक टिकटक एकाउन्टमा उपलब्ध ‘वाटरले पुग्दैन है, एक्स्ट्रिम नै चाहिन्छ’ बोलको गीतमा भिडियो तयार गरी टिकटकमा पोस्ट गर्नुपर्नेछ। साथै, पोस्ट गर्दा निर्दिष्ट ह्यासट्याग प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।
विजेताहरूको घोषणा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपिएलको प्रत्यक्ष प्रसारणअन्तर्गत प्री-म्याच कार्यक्रममा गोलाप्रथाबाट गरिनेछ।
कम्पनीका अनुसार क्याम्पेनसम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमार्फत प्राप्त गर्न सकिनेछ। खेलकुद र मनोरञ्जनलाई जोड्दै उपभोक्तालाई विशेष अनुभव प्रदान गर्ने लक्ष्यसहित क्याम्पेन ल्याइएको कम्पनीको विश्वास छ।