
काठमाडौं । सरकारका मन्त्रीहरुको वरियताक्रम हेरफेर गरिएको छ। राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको नयाँ सूचनाअनुसार मन्त्रिपरिषद्का सदस्यहरूको वरियतामा परिवर्तन गरिएको हो।
नयाँ वरियताक्रम अनुसार प्रधानमन्त्री बालेन्द्र शाह पहिलो नम्बरमा रहेका छन् भने अर्थ मन्त्री स्वर्णीम वाग्ले दोस्रो स्थानमा रहेकी छन्। त्यसैगरी क्रमशः अन्य मन्त्रीहरूको स्थानसमेत पुनः निर्धारण गरिएको छ।
नयाँ सूचीअनुसार परराष्ट्र मन्त्री शिशिरखनाल तेस्रो र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठ चौथो स्थानमा रहेका छन् । शक्तिशाली मन्त्रालयको रुपमा रहेको गृह मन्त्रालयको जिम्मेवारी पाएका गृहमन्त्री सुधन गुरुङ भने वरियताअनुसार पाँचौँ नम्बरमा परेका छन्।
यसअघि मन्त्रीहरूको सूचीमा अन्तिम स्थानमा परेकी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीको वरियता क्रम आठौँ नम्बरमा कायम गरिएको छ भने संचार मन्त्री बिक्रम तिमिल्सिना १३ औँ नम्बरमा परेका छन् ।
सूचनामा ऊर्जा, स्वास्थ्य, शिक्षा, सञ्चार, कृषि लगायतका मन्त्रालय सम्हाल्ने मन्त्रीहरूको वरियता पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ। नयाँ वरियताक्रम मन्त्रिपरिषद्को कार्य सञ्चालन तथा औपचारिक कार्यक्रमहरूमा प्राथमिकता निर्धारणका लागि महत्त्वपूर्ण मानिन्छ।
राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त वरियताक्रम निर्धारण गरिएको जनाएको छ।
