पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु देउवाविरुद्ध जिल्ला अदालत, काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेको छ। विभागले उनीहरूलाई गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति मागेको थियो।

स्रोतका अनुसार, अदालतले पक्राउ अनुमति दिएको भए पनि हाल देउवा दम्पती नेपाल बाहिर रहेका कारण उनीहरूलाई पक्राउ गर्न सकिएको छैन।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीसँग सम्बन्धित सम्पत्ति र आर्थिक कारोबारको विस्तृत छानबिन गर्दै आएको छ। यस क्रममा, बैंक कारोबार, कम्पनी दर्ता, चल-अचल सम्पत्ति लगायतका विवरण संकलन गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीले यसैक्रममा केही अन्य पूर्वमन्त्रीहरूसँग सम्बन्धित मुद्दामा पनि अनुसन्धान तीव्र पारेको छ। देउवा दम्पतीको विदेश बसाइका कारण पक्राउ पुर्जी कार्यान्वयनमा ढिलाइ भएको र उनीहरू नेपाल फर्केपछि मात्र कानुनी प्रक्रिया अघि बढ्ने देखिएको छ।

सिफारिस