पेट्रोलियम मूल्य वृद्धिपछि सार्वजनिक सवारी साधनको भाडा बढ्यो, यात्रुहरू प्रभावित

दियोपोस्ट संवाददाता  

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ। सरकारले यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको हो ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले सरकारले वैज्ञानिक सूचकका आधारमा भाडा समायोजन गरेको बताए । उनका अनुसार पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले वृद्धि गरिएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५.७५ प्रतिशतले भाडादर बढाइएको छ।

सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिका कारण भाडा समायोजन गर्नु परेको बताए। नेपाल आयल निगमले पछिल्लो समय पेट्रोल र डिजेलको मूल्य बढाउँदै आएको छ, जसले यातायात क्षेत्रको सञ्चालन खर्चमा प्रत्यक्ष प्रभाव पारेको छ।

यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा उल्लेख्य परिवर्तन भएमा वैज्ञानिक प्रणालीअनुसार भाडा समायोजन गर्ने व्यवस्था रहेको छ।

भाडा वृद्धि भएसँगै दैनिक यात्रा गर्ने यात्रुहरू प्रत्यक्ष प्रभावित भएका छन्। साथै, मालवाहक सवारीको भाडा बढ्दा बजारमा उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने अनुमान गरिएको छ।

 

सिफारिस