रमदानको अवसरमा कतारद्वारा ३ नेपालीलाई आममाफी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कतारले पवित्र रमदान पर्वको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कतारी आमिरको विशेष निर्णयबाट ती नेपालीहरूले आममाफी पाएका हुन्।

यस मानवीय कदमप्रति नेपाल सरकारले कतार सरकारप्रति आभार व्यक्त गरेको छ। साथै, लामो समयदेखि नेपाल र कतारबीच रहँदै आएको घनिष्ठ कूटनीतिक सम्बन्ध यस निर्णयले अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरिएको छ।

सिफारिस