उपसभामुख पदमा रुवीकुमारी ठाकुर निर्वाचित

दियोपोस्ट संवाददाता  

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा रुवी कुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न निर्वाचनमा उनले बहुमत मत प्राप्त गर्दै उपसभामुख पदमा विजय हासिल गरेकी हुन्।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा भएको मतदान प्रक्रियाबाट ठाकुर बहुमतसहित निर्वाचित भएकी हुन्। आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २१५ मत पाएकी थिइन भने राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो।

एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा ३७ मत खस्यो।

२५ वर्षीया ठाकुर श्रम संस्कृति पार्टीबाट प्रतिनिधित्व गर्ने युवा सांसद हुन्। उनी समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा प्रवेश गरेकी थिइन् र छोटो समयमै देशको उच्च संवैधानिक पदमध्ये एकमा पुग्न सफल भएकी छन्।

 

सिफारिस