काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवादमा सर्वोच्च अदालत को निर्णयपछि नयाँ राजनीतिक सहमतिको संकेत देखिएको छ। अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएसँगै शेरबहादुर देउवा पक्षले उक्त फैसलालाई आत्मसात् गर्ने निर्णय गरेको हो।
देउवा निकट स्रोतका अनुसार पार्टीभित्र थप विवाद नबढाउने उद्देश्यले अदालतको निर्णय स्वीकार गर्ने निष्कर्षमा पुगिएको बताइएको छ। यससँगै लामो समयदेखि चलिरहेको नेतृत्वसम्बन्धी विवाद औपचारिक रूपमा टुंगिने संकेत देखिएको छ।
नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति संघर्ष अदालतसम्म पुगेको थियो। अदालतको पछिल्लो फैसलापछि गगन थापा नेतृत्वको कार्यसमितिले पार्टी सञ्चालनको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने बाटो खुलेको छ।