बाइकर्स जात्रामा खुल्ला रक्तदान कार्यक्रम, २१ जनाद्वारा रक्तदान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जियोन ओभरल्याण्ड द्वारा आयोजित बाइकर्स जात्राको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं, अटो सोसियल फ्रेण्डस र लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथ को संयुक्त आयोजनामा तथा अटो नेपाल पत्रिकाको सहयोगमा उक्त कार्यक्र सम्पन्न गरिएको हो।

कार्यक्रमका अवसरमा २१ जनाले रक्तदान गरेका थिए। सबैको सक्रिय सहभागिता र सहयोगका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक क्लबकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताइन्।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल का आगामी लायन वर्ष २०२६र२७ का लागि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा कुश प्रसाद मल्ली तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा कृष्ण प्रसाद शर्मा को उपस्थिति रहेको थियो।

डिष्ट्रिक्ट कर्पोरेट कम्युनिकेशन चिफ रोशनकुमार श्रेष्ठ का अनुसार उक्त कार्यक्रममा सिनियर लायन्स लिडर तथा अन्य लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिफारिस