स्वार्थको द्वन्द : गृहमन्त्री सुधन गुरुङको ‘साझेदार’ नै सशस्त्र र नेपाल प्रहरीको हतियार खरिदको ठेकेदार !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । विचौलिया दिपक भट्ट र शंकर समुहसँग पार्टनरसिप लिएका गृहमन्त्री सुधन गुरुङ ‘स्वार्थको द्वन्द देखिने’ गरि पदासिन रहेको पाइएको छ ।
उनी संलग्न रहेको लघु बीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्सका संचालक नै गृहमन्त्री गुरुङले नेतृत्व गरेको गृह प्रशासन अन्तर्गतको हतियार खरिदको ठेक्का पाउने कम्पनिको पनि संचालक रहेको पाइएको छ ।

प्रजुनी बज्राचार्य

दिपक भट्ट समुहको ईन्फिनिटी होल्डिङको कर्मचारी प्रजुनी बज्राचार्यको स्टार माइक्रो इन्स्योरेन्समा १ लाख रुपैयाँ बराबरको शेयर छ । स्टार माइक्रो इन्स्योरेन्समा उनी संचालकमात्रै होइन वेभसाइटमा त उनी अध्यक्ष नै रहेको उल्लेख छ । जबकी गृहमन्त्री सुधन गुरुङको भने २५ लाख रुपैयाँको सेयर देखिन्छ । सोही कम्पनिको वेभसाइटमा उल्लेख भए अनुसार स्टार माइक्रो इन्स्योरेन्सकी अध्यक्ष रहेकी उनी प्रजुनी सरकारी ठेक्का र आपूर्ति सेवाहरूमा एक दशकभन्दा बढीको अनुभव भएकी व्यक्ति हुन् ।

उनलाई कम्पनिले एक अनुभवी व्यावसायिक नेतृको रुपमा उल्लेख गरेको छ । उनी भट्टकै समुह अन्तर्गत पेरुन इन्टरप्राइजेज प्रालिकी निर्देशक हुन् । वेभसाइटका अनुसार उनले नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना र प्रहरी बलका परियोजनाहरू सफलतापूर्वक नेतृत्व गरिसकेको भनेर उल्लेख गरिएको छ ।


दिपक भट्टले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको हतियार खरिदका लागि पेरुन इन्टरप्राइजेजलाई अघि सार्दै ठेक्का पर्दै आएका छन् ।

 

भट्ट समुहले हङकङको ‘एरिस टेक्नोलोजिज लिमिटेड’को नेपालस्थित एजेन्ट कम्पनी पेरुन इन्टरप्राइजेज मार्फत ब्राजिल लगायतको मुलुकबाट हतियार खरिद गर्ने भन्दै ठेक्कामा सहभागीता जनाउँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको अधिकांश हतियारको ठेक्कामा यो कम्पनि छनौट भएको तथ्य फेला परेको छ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित एक समाचार अनुसार २० असार ०७९ मा हतियार खरिदका लागि मक्र्युर ट्रेडिङ प्रालि र ग्लोबल कन्स्टेलेसन ट्रेडिङ कम्पनीलाई जिम्मा दिने सम्झौता भएको थियो । मक्र्युरसँग पेस्तोल र सटगन तथा ग्लोबलसँग गोली र टियर ग्यास खरिदको सम्झौता भएको थियो । दुवै कम्पनी दिपक भट्टको कर्मचारीको नाममा छ । कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त विवरणअनुसार मक्र्युरको सञ्चालकमा मनोजकुमार अग्रवाल तथा ग्लोबलको सञ्चालकमा दीपककुमार बोहरा र अभिषेक आनन्द छन् । त्यस्तै, सशस्त्र प्रहरी बलमा पेरुन इन्टरप्राइजेज र मक्र्युरले ठेक्का पाएका थिए । पेरुन पनि भट्टकै कर्मचारी प्रजुनी बज्राचार्यको नाममा छ ।

गृहमन्त्री गुरुङ पनि संस्थापक शेयर सदस्य रहेको स्टार माइक्रो इन्स्योरेन्समा प्रजुनीकाे सेयर साताैँ नम्बरमा 

गृहमन्त्री गुरुङ पनि संस्थापक शेयर सदस्य रहेको स्टार माइक्रो इन्स्योरेन्समा प्रजुनीको नाम ७ औँ नम्बरमा छ । कम्पनिको विभिन्न रिपोर्टहरुमा उनी नै यो कम्पनिको हर्ताकर्ता छिन् । नेपाल प्रहरीको आधिकारीक वेभसाइटमा २०७८ मंसिर २ गते प्रकाशित हतियार किन्ने कम्पनिहरुको सुचीमा सुधन गुरुङको व्यावसायीक साझेदार प्रजुनीको कम्पनि पेरुन ईन्टरप्राइजेज ३८ औँ नम्बरमा छ । २०८२ भदौ २ गते प्रकाशित प्रहरीकै वेभसाइटमा उल्लेखित डाटा अनुसार पेरुन ५६ औँ नम्बरमा हतियार किन्ने कम्पनिको सूचिमा छ । सशस्त्र प्रहरीको वेभसाइटमा पनि यो कम्पनि हतियार किन्ने कम्पनिमा सुचिकृत रहेको तथ्यहरुले देखाएको छ ।


२०८२ असार २२ मा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट अनुसार दिपक भट्ट समुहलाई नै विवादित रुपमा डेढ अर्ब रुपैयाँको हतियार किन्ने ठेक्का दिने तयारी गरिएको थियो ।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले १ अर्ब ५९ करोड रुपैयाँ रकमान्तर गरेर हतियार खरिदका लागि दिपक भट्टलाई सहयोग गरिदिएका थिए । तर, तिब्र विरोध भएपछि हतियार किन्ने निर्णयबाट सरकार पछि हटेको थियो । पूर्वअर्थमन्त्री शर्माकै छोरी कविता शर्मा भट्ट समुहको स्वामित्व रहेको प्रजुनी बज्राचार्य संचालक रहेको स्टार माइक्रो इन्स्योरेन्समा जिएम पदमा रहेको देखिन्छ ।

सिफारिस